Rule 14
उम्मेदवार छनौट गर्ने आधार

(१) छनौट समितिले छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाले लिएको परीक्षाको प्राप्ताङ्कलाई आधार लिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सरकार, निकाय वा शैक्षिक संस्थाबाट प्राप्त छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा त्रिभूवन विश्वविद्यालय वा सो अन्तर्गतको शिक्षण संस्थाले लिएको परीक्षाको प्राप्ताङ्कलाई आधार लिइनेछ ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि चित्रकला, गायन, वाद्यवादन, नृत्य, सिलाई जस्ता विषयमा छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा छनौट समितिले छुट्टै आधार निर्धारण गरी उम्मेदवार छनौट गर्न सक्नेछ ।